Need Help ?
Call: +977- 035420105

समाचार बिस्तारमा

जिल्ला स्थित सम्पुर्ण विद्यालयहरुलार्इ जिल्ला शिक्षा कार्यालय उदयपुरवाट जारी A to Z निर्देशन

जिल्ला स्थित सम्पुर्ण विद्यालयहरुलार्इ जिल्ला शिक्षा कार्यालय उदयपुरवाट जारी

A to Z निर्देशन

 

 

श्री जिल्ला स्थित सवै विद्यालयहरु

   यस जिल्लाको मिति २०७४ साल जेठ ४ गतेको वैठकको निर्णयानुसार शै सत्र २०७४ मा गुणस्तरिय विद्यालय शिक्षा सेवा प्रवाहका लागि सवै विद्यालयले अनिवार्य रुपमा कडार्इका साथ लागु गर्ने गरी तपसिलको ६५ बुँदे निर्देशन जारी गरिएको छ । लागु गरी आवधिक रुपमा प्रगति समिक्षा गर्नुहुन र सो को जानकारी यस कार्यालयमा पठाउन हुन निर्देशन गरिन्छ ।

 

                                                       

                                                        हरिहर धिताल

                                                    जिल्ला शिक्षा अधिकारी

 

१.  सबै विद्यालयहरुले शैक्षिक सत्रको शुरुमा प्रत्येक शिक्षकले शिक्षण सुधार योजना निर्माण,पाठ्यक्रम सम्मत दैनिक कार्यतालिका, वार्षिक शैक्षणिक योजना र समग्र कार्यक्रम झल्कने वार्षिक कार्यतालिका (इउभचबतष्यलब िअबभिलमबच) निर्माण गरी विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत गराई सबैले देख्ने स्थानमा राख्ने व्यवस्था मिलाउने र सोको प्रभावकारी ढंगले कार्यान्वयन गर्ने ।

२.  प्रत्येक विद्यालयले सबै तह÷कक्षाको विषयतग पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका खरीद गरी राख्ने र सोको यथोचित प्रयोग गर्ने ।

३.  शिक्षा ऐन २०२८ (आठौ संशोधन सहित )  तथा नियमावली अनुसार विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ यथाशिघ्र गठन गरी सोको जानकारी यस कार्यालयमा दिने । जेष्ठ सदस्यवाट अध्यक्षता हुने व्यवस्था तदर्थ व्यवस्था मानी सो कुरालार्इ विव्यास गठन भएको १ महिना भन्दा लामो अवधि कायम नराख्ने ।

४. शिक्षा नियमावली अनुसार अनुमति प्राप्त नगरी कक्षा सञ्चालन गर्नु नियमको अवहेलना गरेको ठहरिने र विद्यार्थीले प्राप्त गर्ने पाठ्यपुस्तक, छात्रवृत्ति जस्ता सुविधाबाट समेत वञ्चित हुने हँुदा त्यस्तो कार्य कहिं कतै भएको भए तत्काल रोकी अनुमति प्राप्त तह÷कक्षा सम्म मात्र पठनपाठनको व्यवस्था मिलाउने ।

५.  आधारभूत तह सम्मको शिक्षालाई निःशुल्क र अनिवार्य गराउने नीतिगत व्यवस्थालाई प्रभावकारी बनाउने ।

६.  कतिपय विद्यालयहरुले विगतमा विभिन्न समयमा आफूखुशी स्थानीय बिदाको नाममा विद्यालय बन्द गर्ने गरेको पाइएको र यसरी स्थानीय बिदा गर्दा स्थानीय स्तरमा मानाइने चाडपर्व , मेला आदिको कारण विद्यालयको पठनपाठनमा बाधा व्यवधान हुने भएमा विद्यालय व्यवस्थापन समितिको निर्णय गराएर मात्र स्थानिय बिदा गर्ने व्यवस्था मिलाउने  शिक्षा नियमावलीले तोकेको वर्षे वा हिउँदे बिदा गर्न सकिने व्यवस्था रहेकोले सो अनुसार मात्र गर्ने व्यवस्था मिलाउने । साथै वि.व्य.स.को निर्णय बिना कुनै पनि स्थानीय बिदा गर्न नपाइने । हिउँदे वा वर्षे विदा र सार्वजनिक बिदाका दिन बाहेक विद्यालय अनिवार्य रुपमा सञ्चालन गर्नुपर्ने ।

७. सबै विद्यालयहरुले साप्ताहिक रुपमा प्रतेक शुक्रवार १ वजे पश्चात अनिवार्य  अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नु पर्ने  व्यवस्था मिलाउने ।

८.  प्रत्येक शैक्षिक सत्रमा विद्यालयको कार्यदिन २२० (दुई सय बीस) दिन पु¥याउने गरी विद्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउने ।

९.  शिक्षा नियमावलीले तोकेको समयमा विद्यालयको सामाजिक परीक्षण (Social Audit) गरी सोको प्रतिवेदन सार्वजनिक गर्ने र अभिभावक भेलामा सबैले बुझ्ने गरी प्रस्तुत गर्ने । साथै एक प्रति सम्बन्धित क्षेत्रको स्रोतव्यक्ति तथा विद्यालय निरीक्षकलाई बुझाउने । साथै सामाजिक परीक्षण गरेपछि मात्र वित्तीय परीक्षण (Financial Audit) गराउने र सामाजिक परीक्षण र वित्तीय परीक्षणको सारांश स्थानीय पत्रिकामा अनिवार्य प्रकाशन गर्ने ।

१०. विद्यालयमा निकासा भएको छात्रवृत्ति रकमहरु वि.व्य.स.को निर्णय गराएर सार्वजनिक समारोहको आयोजना गरी जि.शि.का.को प्रतिनिधिको रोहोवरमा शैक्षिक क्यालेण्डरमा तोकेको मितिमा नै वितरण गर्ने र छात्रवृत्ति पाउनेको नामावली सबैले देख्ने गरी सूचनापाटीमा टाँस्ने व्यवस्था मिलाउने ।

१२. भौतिक निर्माण तथा सुधारका कार्यक्रम परेका विद्यालयहरुले जेष्ठ मसान्त भित्र अनिवार्य रुपमा कार्यसम्पन्न गर्ने । विगतमा कार्यक्रम परी कार्यसम्पन्न नगरी बेरुजु रहेका विद्यालयहरुले तत्काल बेरुजु फछ्यौट गर्नका लागि कार्यसम्पन्न प्रतिवेदन लगायत आवश्यक कागजातहरु सहित जि.शि.का.मा पेश गर्ने ।  यसो नगर्ने विद्यालयका प्रधानाध्यापकको आगामी आ व को पहिलो चौमासिक पश्चात तलव भत्ता रोक्का राखि अन्य विभागिय कार्यवाही अगाडी वढार्इने ।

१३. जङ्कफूड (Junk Food)को प्रयोगले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने हुँदा दिवा  खाजामा विद्यार्थीहरुलाई त्यस्ता खाद्यवस्तुको प्रयोगमा निरुत्साहित पार्दै खानेबानी (Foodhabit) मा सुधार ल्याउन प्रोत्साहित गर्ने । साथै विद्यालयको परिसरको नजिकमा धुम्रपान, मद्यपान, सुर्तीजन्य पदापर्थ र बालबालिकाको स्वास्थ्यमा हानी पु¥याउने खाद्यपदार्थको प्रयोगलाई विद्यालयले निरुत्साहित गर्ने ।

१४. विद्यालय समयमा विद्यालय भित्र शिक्षक तथा विद्यार्थीले प्रयोग गर्ने मोवाइल फोनको कारण पठनपाठनमा नकारात्मक प्रभाव पारिरहेको सन्दर्भमा विद्यार्थीलाई विद्यालयमा मोवाइल प्रयोगमा रोक लगाउने र शिक्षक कर्मचारीलाई जथाभावि प्रयोगमा रोक लगाई अत्यावश्यक संचारको लागि कार्यालय कक्ष वा अन्य कोठाबाट व्यवस्था मिलाउने ।

१५. विद्यालयमा शिक्षक÷कर्मचारीहरु बिदामा बस्दा अनिवार्य रुपमा बिदा वा काज स्वीकृत गराएर मात्र बस्ने व्यवस्था मिलाउने । एकैपटक एक भन्दा बढी शिक्षक÷कर्मचारीहरु बिदामा नवस्ने परिपाटी बसाल्ने ।

१६. असाधारण (बेतलबी) बिदामा बसेका शिक्षकहरु बिदा भुक्तान गरी विद्यालयमा हाजिर भएमा सोको जानकारी र बिदा भुक्तान भईसकेपछि पनि विद्यालयमा उपस्थित नहुने तथा बिना सूचना वा बिदा स्वीकृत नगराई विद्यालयमा अनुपस्थित रहने शिक्षकहरुको हकमा शिक्षा नियमावली अनुसार कारवाहीको प्रक्रिया चलाई जिल्ला शिक्षा कार्यालयलाई यथाशिघ्र जानकारी गराउने ।

१७. विद्यालयका शिक्षक÷कर्मचारीहरुलाई तलब भत्ता भुक्तानी गर्दा प्रत्येकको बैंक खातामार्फत अनिवार्यरुपमा भुक्तानिको व्यवस्था मिलाउने र सोको विवरण जि.शि.का.मा पेश गर्ने ।

१८. विद्यालयहरुले सालवसाली भर्ने शैक्षिक तथ्याङ्क फारामहरु (flash I / Flash II र EMIS Software) मा यथार्थ विवरण भरी निर्धारित समय भित्र बुझाउने । यदि समयमा तथ्याङ्क फाराम भरी नबुझाएका कारण कुनै बालबालिकाले पाउने सेवा सुविधाबाट वञ्चित भएमा सोको पूर्ण जवाफदेही स्वयं प्रधानाध्यापक नै हुने र झुटो विवरण भरी पेश गर्ने प्रधानाध्यापकलाई नियमानुसार विभागीय कारवाही हुने कुरा जानकारी गराइन्छ ।

१९. शै.स. २०७१ को एस एल सी परीक्षा देखि माध्यमिक तहका अंग्रेजी लगायत सबै विषयको प्रयोगात्मक परीक्षा सम्बन्धित विद्यालयको विषय शिक्षकबाट लिन लगाई सोको विवरण तोकिएको समष्टीगत फाराममा उल्लेख गरी विद्यालयका प्रधानाध्यापकबाट प्रमाणित गराई जि.शि.का.मा पेश गर्ने ।

२०. विद्यालयको स्वीकृत दरबन्दी तथा अनुदान कोटा (राहत) दरबन्दी कुनै कारणले रिक्त हुन आएमा स्थायी शिक्षकको व्यवस्था नभए सम्मका लागि अस्थायी रुपमा पदपूर्ति गर्नका लागि शिक्षक सेवा आयोगबाट प्रकाशित यस जिल्लाका अस्थायी करार योग्यताक्रम सूचीबाट नियमानुसार लिई शिक्षक छनौट समितिले सिफारिस गरेका उम्मेदवारलाई नियुक्ति दिने व्यवस्था मिलाउने ।

२१. सबै विद्यालयहरुले कक्षा १–३ मा पूर्णरुपमा (१०० प्रतिशत) निरन्तर मूल्याङ्कन पद्धतिबाट, कक्षा ४–५ मा ५० प्रतिशत निरन्तर मूल्याङ्कन तथा ५० प्रतिशत आवधिक मूल्याङ्कनबाट र कक्षा ६–७ मा ४० प्रतिशत निरन्तर मूल्याङ्कन तथा ६० प्रतिशत आवधिक मूल्याङ्कनबाट परीक्षा लिने व्यवस्था मिलाई सोको अभिलेख व्यवस्थित रुपमा राख्ने । र कक्षा ८ मा पूर्णरुपमा आवधिक मूल्याङ्कनबाट परीक्षा लिने ।

२२. हालको मुल्यांकन प्रणाली क्रमश सवै कक्षामा अक्षाराङ्क पद्दति ीभततभच नचबमष्लन क्थकतझ मा रुपान्तरित भर्इ रहेको सन्दर्भमा प्रयोगात्मक परीक्षाको अंकले उपलब्धिको न्चबमष्लन मा प्रत्यक्ष प्रभाव पारी तेज र न्युन क्षमता भएको वाल वालिकाको मूल्याङ्कन यथार्थ र विश्वसनीय नदेखिएकाले प्रयोगात्मक परीक्षा निर्देशिकाको अक्षरस पालना गर्ने गराउने । यसको अभिलेख विद्यालयमा अनिवार्य राख्ने व्यवस्था मिलाउने । उदाहरणार्थ वातावरण विज्ञानको प्रयोगात्मकमा हरेक विद्यार्थीले १ विरुवा रोप्ने संरक्षण गर्ने र हुर्काउने । त्यसैका आधारमा मूल्यांकन गर्ने । त्यस्तै सामाजिक विषयमा हरेक वच्चाले कुनै कार्यको प्रतिवेदन कुनै खास ढाँचामा स्वतन्त्र रुपले लेख्न सक्ने ।

२३.पाठ्यक्रमले तोके बमोजिमको स्थानीय आवश्यकता, सान्दर्भिकता, उपलब्ध साधन र स्रोतको आधारमा स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने ।

२४. शिक्षा नियमावलीले तोके बमोजिम भन्दा न्यून विद्यार्थी संख्या भएका विद्यालयहरु सञ्चालन हुँदा नेपाल सरकार र स्थानीय समुदायको समेत साधन स्रोतको दुरुपयोग हुने हुँदा त्यस्ता विद्यालयहरु एकापसमा गाभिनको लागि दुबै विद्यालयका वि.व्य.स. तथा अभिभावक भेलाको निर्णय सहित संयुक्त रुपमा यस कार्यालयमा निवेदन दिनु हुन ।

२५. जिल्ला शिक्षा कार्यालयको पूर्व स्वीकृति बिना कुनै शिक्षक तथा कर्मचारीहरु कुनै सरकारी वा गैर सरकारी निकायले आमन्त्रण गरेको तालिम, गोष्ठी, सेमिनार आदिमा सहभागी हुन नपठाउने ।

२६. शिक्षक सेवामा स्थायी भई कार्यरत शिक्षकहरुले आफूले भर्ने वैयक्तिक विवरण फाराम ( सिटरोल) नभरेको भए यथाशिघ्र भरी यस कार्यालयमा पेश गर्ने । सिटरोल फाराम नभरेका वा भरेर पनी कार्यालयमा शिक्षक संकेत नम्बर नबुझाएका शिक्षकको तलवी प्रतिवेदन पारित नहुने हुँदा तलवी प्रतिवेदन पारित नभएका शिक्षकहरुको तलव निकासा नहुने  ।

२७. शिक्षक सेवा आयोग नियमावली अनुसार प्रत्येक स्थायी शिक्षकले प्रत्येक शैक्षिक सत्र शुरुभएको तीस दिन भित्र (बैशाख ३० गते भित्र) तोकिए बमोजिमको कार्यसम्पादन मूल्याङ्कन फाराम भरी विद्यालयमा दर्ता गर्नुहुन र विद्यालयको प्रधानाध्यापकले नियमानुसार प्रमाणित तथा सिफारिस गरी जेठ १५ गते भित्र अनिवार्य रुपमा जिल्ला शिक्षा कार्यालयमा पेश गर्नुहुन ।

२८.विगत तथा यस आर्थिक वर्षमा यस कार्यालयबाट सूचना तथा संचार प्रविधिको व्यवस्थापन, विज्ञान सामग्रि व्यवस्थापन र पुस्तकालय व्यवस्थापनका लागि निकासा भएको रकमबाट तोकिए बमोजिका सामग्रीहरु खरिद तथा व्यवस्थापन गरी सोको बील भरपाइ पेश गर्न बाँकी रहेका विद्यालयहरुले यथाशिघ्र खरिद आदेश, दाखिला रिपोर्ट, वि.व्य.स.को निर्णय सहित पेश्की फछ्र्यौटको लागि यस कार्यालयमा पेश गर्नुहुन । साथै ती सामग्रीहरुको शिक्षक तथा विद्यार्थीहरुबाट यथोचित प्रयोग, संरक्षण तथा व्यवस्थापनको कार्य गर्नु गराउनुहुन ।

२९. उच्च माध्यमिक तहका कक्षा सञ्चालन भएका विद्यालयहरुले विद्यालय तह र उच्च माध्यमिक तहका कक्षाहरु एउटै समयमा सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने र उमावि तहमा कार्यरत शिक्षकहरुको अभिलेख व्यवस्थित रुपमा राख्नुहुन र सोको जानकारी यस कार्यालयलाई समेत उपलब्ध गराउनुहुन । साथै कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको कक्षागत रुपमा नामनामेशी (छात्र र छात्रा सबैको) यथाशिघ्र जि.शि.का.मा पेश गर्नुहुन ।

३०. विद्यालयका बालबालिकाहरुलाई शैक्षिक भ्रमणमा लैजानु पर्दा बिदाको समय पारी जिल्ला शिक्षा कार्यालयको स्वीकृति, वि.व्य.स.को निर्णय र सम्बन्धित अभिभावकको सहमती लिएर मात्र सुरक्षित तवरले भ्रमण गर्नु गराउनु हुन ।

३१. विद्यालय तथा समुदायमा आधारित सबै बाल विकास केन्द्रहरु विद्यालय तहको प्रवेशद्वारको रुपमा रहेको र आधारभूत तहको ज्ञान, सीप र व्यवहारले माथिल्ला कक्षाहरुमा आफ्नो मातहतमा सञ्चालन भएका बालविकास केन्द्रहरु प्रभावकारी र नियमित रुपमा सञ्चालन भए नभएको अनुगमन गरी सञ्चालन नभएको भए सोको जानकारी जिल्ला शिक्षा कार्यालयमा गराउने ।

३२. विद्यार्थीको दैनिक हाजिरी पुस्तिकाको प्रयोग गर्दा शिक्षा विभागले तयार पारेको नमूनाको आधारमा सूचनामूलक हाजिरी रजिष्टरको अनिवार्य रुपमा प्रयोग गर्ने र मासिक रुपमा सोको तथ्याङ्कको समीक्षा गर्ने ।

३३. कक्षा शिक्षणमा शैक्षिक सामग्रीको प्रयोग गर्ने वातावरण तयार गर्ने । “एक दिन, एक शिक्षक, न्यूनतम एक शैक्षिक सामग्री” भन्ने नारालाई सार्थक बनाउने । यसको लागि शिक्षक तथा विद्यार्थीहरुबाट शैक्षिक सामग्री बनाउने कार्यशालाको आयोजना गर्ने तथा स्थानीय स्तरमा उपलब्ध हुने कम मूल्य र निःशुल्क रुपमा पाइने (Low cost No cost) सामग्रीको संकलन र प्रयोगमा जोड दिने । कक्षा शिक्षणमा नरम सीप (Soft Skill) को अधिकतम् प्रयोग गर्ने ।

३४.सबै विद्यालयहरुले अनिवार्य रुपमा सरोकारवालाहरु (शिक्षक÷कर्मचारी, वि.व्य.स., अभिभावक, विद्यार्थी आदि) को लागि आचारसंहिता (Code of conduct) निर्माण गरी कार्यान्वयन गर्ने । साथै विद्यालय सुशासनलाई प्रवद्र्धन गर्नका लागि विद्यालयको उजुरी पेटिका,नागरिक बडापत्र (Citizen Charter) विद्यालयको वोर्ड तयार गरी विद्यालयमा सबैले देख्ने स्थानमा अनिवार्य रुपमा राख्ने व्यवस्था मिलाउने ।

३५.विद्यालयमा कार्यरत शिक्षक तथा विद्यार्थीहरुले तोकिएको पोशाक लगाउने व्यवस्था मिलाउने ।

३६ विद्यालयको शौचालयको अधिकतम् र उपयुक्त ढंगले प्रयोग गर्ने गर्ने, सोको नियमित

   सरसफाइमा जोड दिने र स्थानीय स्तरमा हुने पूर्ण खोप तथा खुला दिसामुक्त क्षेत्र घोषणा तथा अन्य वैयक्तिक र वातावरणीय सरसफाइ सम्बन्धी क्रियाकलापमा विद्यालय सक्रियतापूर्वक सहभागी हुने ।

३७. शिक्षा नियमावली २०५९ अनुसार कुनै पनि विद्यालयमा माथिल्लो तहको स्थायी शिक्षक विद्यालयमा कार्यरत रहेको अवस्थामा अन्य तहको कुनै पनि शिक्षकलाई प्र.अ. पदमा नियुक्ति गर्न नमिल्ने व्यवस्था रहेकोले सो नियमावलीको नियम ९३ को उपनियम २ अनुसारको प्रक्रिया तथा अनुसूची १३ मा उल्लेखित आधारमा मूल्याङ्कन गरी÷गराई सम्बन्धित तहको वरिष्ट शिक्षकलाई प्रधानाध्यापक पदमा २ महिना भित्र नियुक्त गरी यस कार्यालयलाई जानकारी दिनुहुन । साथै सम्बन्धित तहमा स्थायी शिक्षक नभएमा सो भन्दा तल्लो तहको योग्यता प्राप्त स्थायी शिक्षकलाई निमित्त प्रधानाध्यापक तोक्ने गरी व्यवस्था मिलाउने ।

३८. प्रत्येक विद्यालयले कक्षागत रुपमा अभिभावकसंग अन्तरक्रिया कार्यक्रम, अभिभावक, अभिभावक भेला, वार्षिकोत्सव जस्ता कार्यक्रम आयोजना गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न थप कार्ययोजना बनाई लागु गर्ने ।

३९. एक शैक्षिक सत्र भरीमा  विद्यालयमा सबैभन्दा बढी शैक्षिक उपलब्धी प्राप्त गराउन सफल शिक्षकलाई प्रोत्साहित गर्ने र न्यूनतम् शैक्षिक उपलब्धी ल्याउने शिक्षकलाई सुधारका लागि सचेत बनाउने ।

४०. विद्यालयले समयमा नै प्रत्येक विषयको कोर्स पुरा गर्न योजनावद्ध ढङ्गबाट अगाडि बढ्नुपर्ने ।      विद्यालयमा अतिरिक्त कक्षा तथा कोचिङ्कक्षा सञ्चालन गर्ने भएमा वि.व्य.स.को निर्णयानुसार जि.शि.का. लाई पूर्व जानकारी दिई सञ्चालन गर्ने व्यवस्था मिलाउने ।

४१. विद्यालयले गत शैक्षिक सत्रको सिकाइ उपलब्धी तथा नतिजा विश्लेषण गरी चालु शैक्षिक

   बर्षका लागि प्रक्षेपित उपलब्धी वृद्धियोजना निर्माण गरी कार्यान्वयन गर्ने गराउने ।

४२. विद्यालयमा रेडक्रस, स्काउट, बालक्लब, ग्रीनक्लब आदिका गतिविधिलाई नियमित रुपमा

    सञ्चालन गर्नुपर्ने ।

४३. विद्यार्थीहरुलाई परीक्षाको भय हटाउनका लागि मासिक रुपमा पुराना प्रश्नपत्र संकलन गरी

   परीक्षाको लागि पूर्वाभ्यास गराउने । कमजोर विद्यार्थीहरुका लागि उपचारात्मक (Remedial) कक्षा तथा सुधारात्मक शिक्षण सिकाइ क्रियाकलाप अपनाउने ।

४४. विद्यायमा प्राप्त भएका विभिन्न निकासा रकमहरु विद्यालय व्यवस्थापन समितिको निर्णयानुसार सम्बन्धित शीर्षकमा नै खर्च गर्नुपर्ने र विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई पनि निकासा भएका रकम बारे यथार्थ जानकारी गराउने । विद्यालयमा सुशासन र पारदर्शिता कायम गर्ने ।

४५. जिल्ला शिक्षा कार्यालयबाट चौमासिक रुपमा उपलब्ध गराइएको शीर्षकगत रकम निकासा पत्रको आधारमा विद्यालय व्यवस्थापन समितिको निर्णय गराई सम्बन्धित शीर्षकमा मात्र खर्च गर्ने ÷गराउने ।

४६. विद्यालयमा भएका कर्मचारीहरुको अभिलेख व्यवस्थित गर्ने र कुनै कर्मचारी विद्यालयमा अनियमित भएमा वा मृत्यु भएमा वा नोकरी छाडेमा विद्यालयले तयार गरेको कार्यविधि÷विनियमका आधारमा व्यवस्थापन गरी सोको जानकारी जि.शि.का. लाई दिने ।

४७. विद्यालयमा पटक पटक कक्षागत रुपमा अभिभावक–विद्यार्थी–शिक्षक बीच अन्तरक्रिया तथा छलफल गराउने साथै अभिभावक भेला र वार्षिकोत्सव कार्यक्रमको आयोजना गर्ने ।

४८. विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको बैठक महिनामा कम्तिमा एक पटक बस्ने व्यवस्था मिलाउने । उक्त बैठकहरुमा यो निर्देशन÷परिपत्रका वारेमा छलफलको एजेण्डा बनाई छलफल गर्ने र यसको प्रभावकारी कार्यान्वयनका लागि योजना बनाई अघि बढ्ने ।

४९. विद्यालयसंग सम्बन्धित आधारभूत सूचनाहरु तयार तथा अद्याबधिक गरी÷गराई विद्यालयको कार्यालय कक्षमा (Office Chamber)मा प्रदर्शन गरी कार्यालयलाई सूचनामूलक (Informative) बनाउने र विद्यालय स्तरीकरण फारामको आधारमा स्वःमूल्याङ्कनबाट विद्यालयको अवस्था पहिचान गरी विद्यालय सुधार योजना मार्फत सुधारको लागि अगाडि बढ्ने ।

५०. प्रत्येक विद्यालयलाई बालमैत्री÷छात्रामैत्री÷अपाङ्गमैत्री तथा सुरक्षित बनाउन सबै विद्यालयहरुले अनिवार्य रुपमा प्राथमिक उपचारका सामग्रीहरु जसमा न्यूनतम् रुपमा औषधि, डिटोल, सिटामोल, घाउ चोट लागेमा लगाउने औषधि,पखालाको औषधि, वान्ता रोक्ने, व्याण्डेजहरु आदि)खरिद गरी राख्ने । निम्न माध्यमिक तथा माध्यमिक तहका विद्यालयहरुले Girls emergency kits/Sanitary pad को समेत अनिवार्य रुपमा व्यवस्था गरी महिला शिक्षकहरुलाई यसको प्रयोग र समन्वयका लागि जिम्मेवारी दिने । यसका लागि स्थानीय अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्थानीय स्वास्थ्य चौकीसंग समन्वय र सहकार्य गर्ने ।

५१. बालबालिकाहरुमा व्यक्तिगत र वातावरणीय सरसफाइ प्रति चेतना जगाई असल बानीको विकास गराउन प्रत्येक विद्यालयले उपलब्ध शौचालयको सही ढंगले सदुपयोग गर्ने, शौचालयमा अनिवार्य रुपमा पानीको व्यवस्था गरी दैनिक सफा गर्ने र शौचालय वाहिर पट्टी अनिवार्य रुपमा साबुन पानीले हात धुने स्थान (ध्बकज दबकष्ल) को व्यवस्था गर्ने । आ आफ्नो सेवाक्षेत्रलाई खुला दिसामुक्त क्षेत्रको रुपमा विकास गर्न सहयोग गर्ने

५२. विद्यालयले गरेका असल अभ्यासहरु (Best Practices) हरु र यसका उपलब्धिहरुका बारेमा लिखित रुपमा यस कार्यालयलाई जानकारी दिने ।

५३ जिशिकावाट जारी गरिएको गुनासो व्यवस्थापन निर्देशिका २०७३लार्इ विद्यालयमा कडार्इका साथ लागु गर्ने । निर्देशिकामा उल्लेख भए वमोजिमको कार्यलार्इ १ महिना भित्र व्यवस्थित गर्ने ।

५४ यहि श्रावण महिना देखि विद्यालय आउने सवै किशोरीहरुलार्इ नियमित रुपमा आइरन फोलिक एसिड खुवाउने प्रयोजनका लागि हरेक तात्कालिन मावि निमाविवाट ११ जना शिक्षकलार्इ तालिम दिर्इ सकिएकाले यो कार्य किशोरीहरुको स्वास्थ र विकाससंग प्रत्यक्ष सम्वन्धित भएकाले अनिवार्य रुपमा तालिममा दिइएको तालिका अनुसार आर्इरन फोलिक एसिड खुवाउने प्रवन्ध मिलाउने ।

५५ जिशिकाले हरेक विद्यालयलार्इ कम्तिमा १ थान प्राप्त हुने गरी सुचना मूलक शैक्षिक क्यालेण्डर निर्माण गरी स्रोतकेन्द्र मार्फत विद्यालयलार्इ उपलब्ध गरार्इ सकेकाले विद्यालयको सवै शैक्षिक कार्यक्रम सो क्यालेण्डरमा आधारित वनाउने र हु वहु लागु गर्ने । क्यालेण्डरमा उल्लेखित कार्यक्रम संशोधन गर्न परेमा जिशिकाको अनुमतिमा मात्र गर्ने । 

५६ प्रत्येक प्रधानाध्यापकले विद्यालय छोड्नु परेमा सम्वन्धित विद्यालय निरीक्षक र स्रोतव्यक्तिलार्इ क्ःक् गरी उक्त दिनको निप्रअको नाम  फोन नं र आँफुले विद्यालय छाड्नुको कारणको जानकारी दिने ।

५७ जिशिकाका पदाधिकारी विद्यालय निरीक्षक तथा स्रोतव्यक्तिवाट आफ्नो विद्यालयको अनुगमन निरीक्षण भएको दिन प्रधानाध्यापकले क्ःक् मार्फत जिशिअलार्इ जानकारी पठाउने ।

५८ विद्यालय प्र अ तथा अन्य शिक्षक कर्मचारी कामको शिलशिलामा जिशिका आउदा काज पासवुकको अनिवार्यतालार्इ कडार्इ गर्ने ।

५९ तल्ला कक्षाको सिकार्इलार्इ सुनिश्चित गर्न जिशिकाले विगत बर्षमा उपलब्ध गराएको भरपार्इ पद्दतिलार्इ थप क्रियाशील गराउने ।

६० हरेक चौमासिक शुरु हुने पहिलो महिनाको पहिलो हप्ता भित्र स्रोतकेन्द्रमार्फत शिक्षक स का तथा कर्मचारी तलव भत्ता माग गर्ने ।

६१ वाल विकास केन्द्रका लागि निकासा भएको शैक्षिक सामग्रीको रकमवाट वाल वालिकाको सिकार्इलार्इ सहयोग पुग्ने सामग्रि खरिद वा निर्माण गरी प्रयोगमा ल्याउने । यो रकमको उपयोग सम्वन्धित क्षेत्रको विद्यालय निरीक्षक तथा स्रोतव्यक्तिको सुझाव र निर्देशन अनुसार गर्ने ।

६२ विद्यालयमा विदा संचित हुने शिक्षक कर्मचारीहरुको मासिक विदाको अभिलेख खाता खडा गरी सम्वन्धित स्रोतव्यक्ति तथा विद्यालय निरीक्षक वाट साल वसाली प्रमाणीत गरार्इ व्यवस्थित गर्ने ।

६३ हिंसा, यौन दुव्र्यवहार र विभेद मुक्त विद्यालय बनाउन

·         विद्यार्थीलाई कहिले पनि शारीरिक, मानसिक वा कुनै पनि प्रकारको यातना वा सजाय नदिऔ ।

·         अनुशासनका लागि सकारात्मक अभ्यासहरू अपनाऔ ।

·         विद्यार्थीले कुनै पनि बदमासी गरेमा तुरून्त प्रतिव्रिmया नदिऔ ।

·         बालबालिकाको कुरा सुनौ ।

·         बालबालिकालाई आप्mनो समस्या सुनाउने वातावरण बनाऔ ।

·         विद्यालयलाई हिंसा, यौन दुव्र्यवहार र विभेद मुक्त बनाउन जिम्मेवार बनौ ।

६४ वुक कर्नर स्थापना तथा शैक्षिक सामग्रीवापत विगतका हरेक शैक्षिक वर्षहरुमा विद्यालयमा रकम विनियोजन हुने गरेको तर यसको कुनै प्रभाव हालमा देख्न नसकिने अवस्थामा रहेकोले यी शिर्षकमा विनियोजित रकमवाट अनिवार्य रुपमा वुक कर्नर स्थापना तथा सामग्री खरिद गरि प्रयोगको सुनिश्चितता गर्ने ।

६५ यो निर्देशनलार्इ विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संध तथा शिक्षक स्टाफको संयुक्त वैठक वसी कार्यान्वयनको कार्य योजना तयार गरी १ प्रति कार्य योजना स्रोतकेन्द्र तथा १ प्रति जिशिकामा यहि जेष्ठ मसान्त भित्र पेश गर्ने ।  

अन्त्यमा सामुदायिक विद्यालय प्रति आम जनमानसमा रहेको निराशाजनक सोचमा रुपान्तरण भर्इ सामुदायिक विद्यालय प्रति पलाउन सुरु भएको सकारात्मक सोचका मुनाहरुलार्इ हुर्काउन र सवल वनाउन यो निर्देशनलार्इ सवै विद्यालयले कडार्इका साथ पालना गरी सामुदायिक विद्यालयलार्इ हेर्ने दृष्टिकोण परिवर्तन गराउने कार्यमा सवैले योगदान गरौ ।  

धन्यवाद ।

 

वोधार्थ

श्री क्षेत्रिय शिक्षा निर्देशनालय पूर्वाञ्चल धनकुटा ।

श्री शिक्षक महासंध जिल्ला कार्य समिति उदयपुर । कार्यान्वयका लागि पहल गरि दिन हुन ।

श्री नेपाल शिक्षक संध जिल्ला कार्यसमिति उदयपुर । कार्यान्वयका लागि पहल गरि दिन हुन ।

श्री नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्य समिति उदयपुर । कार्यान्वयका लागि पहल गरि दिन हुन ।

श्री एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला कार्य समिति उदयपुर । कार्यान्वयका लागि पहल गरि दिन हुन ।

श्री अखिल नेपाल शिक्षक संगठन जिल्ला कार्य समिति उदयपुर । कार्यान्वयका लागि पहल गरि दिन हुन ।

श्री संघिय समाजवादी शिक्षक फोरम जिल्ला कार्य समिति उदयपुर । कार्यान्वयका लागि पहल गरि दिन हुन ।